११ कार्तिक २०८३, मंगलबार

गजेन्द्र मोक्ष नारायण मुक्तिनाथ रथयात्रा पोखरामा

Logo
Pulse Khabar मंगलबार, कार्तिक ११, २०८३

कास्की: सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतनाको विस्तार तथा राष्ट्रिय धार्मिक र सांस्कृतिक एकताको सन्देश बोकेर प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट सुरु भएको मेची–महाकाली गजेन्द्र मोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार पोखरा आइपुगेको छ ।

मुक्तिनाथ मन्दिरका पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)को सत्सङ्कल्पअनुसार मुक्तिनाथ मन्दिरबाट यही कात्तिक ८ गतेदेखि सुरु भएर पोखरा आइपुगेको रथयात्राका क्रममा धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा विशेष कार्यक्रम गरी स्वागत गरिएको थियो ।सो अवसरमा भक्तजन तथा दर्शनार्थीहरुको घुँइचो लागेको थियो । यात्रको दोस्रो दिनमा बाग्लुङको पञ्चकोट–बाग्लुङबजार–मालढुङ्गा–कुश्मा–नौडाँडा–हेमजा हुँदै विन्ध्यवासिनी मन्दिरमा स्वागत कार्यक्रम गरिएको थियो । त्यसपछि पोखरा नगर परिक्रमा गरी श्रीमुक्तिनाथ सन्तसेवाश्रम रामघाटमा रात्रि विश्राम गरिएको छ ।पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिकस्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामलाई जोड्दै आम नेपालीमा धार्मिक आस्था, आध्यात्मिक चेतना र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले रथयात्रा आयोजना गरिएको मुुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी श्रीकृष्ण प्रपन्नाचार्यले बताउनुभयो । उहाँले कात्तिक महिनाभर रथयात्रा सञ्चालन हुने जानकारी दिनुभयो ।“रथयात्राले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै तीर्थस्थलबीचको आपसी सम्बन्ध विस्तार, सनातन संस्कृतिको संरक्षण र आध्यात्मिक जागरणमा समेत योगदान पुऱ्याउने छ ।

” उहाँले भन्नुभयो । कात्तिक मसान्तमा रथयात्राको समापनपछि आगामी मङ्सिर १ देखि २९ गतेसम्म त्रिवेणीधाममा गजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।“ऐतिहासिक विशाल धन्याचल महायज्ञमा २५ फिट अग्लो विशाल सिद्धीस्तम्भ (मौलो) स्थापना गरिनेछ र हजारौँ धान्यप्रदाताहरुबाट धान अर्पण गरी परिपूर्ण गरिनेछ । कृषकको सम्मान, कृषिको प्रवर्द्धन र सनातन संस्कृतिको संरक्षणका लागि सबै जना सहभागी हुनुहुनेछ ।” स्वायमी प्रपन्नाचार्यले भन्नुभयो । विराट महायज्ञमा विशाल धन्याचलसहित अष्टाचल, श्रीराम अभिमन्त्रित चामलका साथमा चार वेद १८ पुराणसहित वैदिक सत्शास्त्रहरुको पारायण, हवन, कथाप्रवचन, भजन सङ्गीत, गौपूजन, दैनिक १०८ कन्यापूजन, बटुकपूजन, पाँच करोड दीपप्रज्वलन र वैदिक सनातन धर्म महासम्मेलनलगायतका कार्यक्रम राखिएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका महासचिव सुशीला बराल रेग्मीले ऐतिहासिक धार्मिक सम्पदा विन्ध्यवासिनीमा रथयात्राको स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै नेपालका धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा यसबाट टेवा पुग्ने बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206