१० कार्तिक २०८३, सोमबार

हुम्लामा भलिबलको रोमाञ्चक प्रतिस्पर्धा, कर्णाली युथले जित्यो उपाधि

Logo
Pulse Khabar सोमबार, कार्तिक १०, २०८३

हुम्ला: हुम्लाको तीन हजार ६०० मिटर उचाइमा सञ्चालन गरिएको जिल्लास्तरीय लेकधिङ्घा हाइअल्टिच्युड भलिबल प्रतियोगिताको उपाधि सिमकोट गाउँपालिका–७ को कर्णाली युथ क्लबले जितेको छ ।

फाइनल खेलमा सेकेन्ड स्टार युथ क्लबलाई पराजित गर्दै कर्णाली युथ क्लबले उपाधि आफ्नो पक्षमा पारेको हो । हुम्ला जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको खेलमैदानमा आयोजना गरिएको प्रतियोगितामा विभिन्न टोलीबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा कर्णाली युथ क्लब प्रथम हुँदा सेकेन्ड स्टार युथ क्लब दोस्रो र नाम्खा गाउँपालिका–१ को हेक्पा आइस तेस्रो भएको आयोजक कमिटीका निमा लामाले बताउनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः एक लाख, ७० हजार र ४० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । विजेता टोलीलाई नगद पुरस्कारसँगै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।नाम्खा गाउँपालिकाको आर्थिक सहयोग तथा लेकधिङ्घा हाईअल्टिच्युड आयोजक समितिको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । उच्च हिमाली क्षेत्रमा भलिबल प्रतियोगिता आयोजना गरिनुले हुम्लामा खेलकुदको विकास, स्थानीय खेलाडीको प्रतिभा पहिचान तथा खेल पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206