काठमाडौं:नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ४० रुपैयाँले घटेको छ ।
आइतबार प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर २ लाख ८१ हजार ५ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४१ हजार ३ सय ४० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर ३ हजार ९ सय ९५ रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको मूल्य ३ हजार ४ सय २५ रुपैयाँ तोकिएको छ ।
