१० कार्तिक २०८३, सोमबार

श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

Logo
Pulse Khabar सोमबार, कार्तिक १०, २०८३

काठमाडौँ: श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।

जनकपुरले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत आज परेरालाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो । जनकपुरले सामाजिक सञ्जालमा परेरालाई स्वागत गर्दै लेखेको छ, ‘‘निर्भीक शैलीमा ब्याटिङ गर्ने र महत्वपूर्ण क्षणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी कुशल परेरा एनपिएलको तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा आबद्ध भएका छन् । परेराले यसअघि इण्डियन प्रिमियर लिग (आइपिएल), क्यारेबियन प्रिमियर लिग (सिपिएल), पाकिस्तान सुपर लिग (पिएसएल) सहित विभिन्न सात फ्रेन्चाइज लिग खेलिसकेका छन् । एनपिएल उनका लागि आठौँ लिग हुनेछ ।

श्रीलङ्काको राष्ट्रिय टोलीबाट तीनवटै प्रारूपमा खेलेका परेराले टेष्ट क्रिकेटमा २२ खेलबाट एक हजार १७७, एकदिवसीय अन्तरराष्ट्रियमा ११६ खेलबाट तीन हजार २३७ तथा टी–२० अन्तरराष्ट्रियमा ९५ खेलबाट दुई हजार ३३५ रन बनाएका छन् ।जनकपुरले परेरासहित इङ्ग्ल्याण्डका मोइन अली, न्युजिल्यान्डका जिमी नीशम, पाकिस्तानका इफ्तिखार अहमद, अमरिकाका हरमित सिंहलगायतलाई विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ ।तेस्रो संस्करण आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206