विराटनगर: आज १८ औं गणतन्त्र दिवसको अवसरमा कोशी प्रदेशको राजधानी विराटनगरमा प्रभातफेरी निकालिएको छ ।
बिहीबार बिहान सबेरै सुरु भएको प्रभातफेरीले विराटनगरको बजार परिक्रमा गरेको थियो । परिक्रमाका क्रममा सहभागीहरूले गणतन्त्र दिवसको स्वागत र उल्लास झल्काउने ब्यानरहरू प्रदर्शन गरेका थिए। गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा भएको प्रभावफेरीमा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता थियो ।



