०४ कार्तिक २०८३, मंगलबार

झापा: खैरो हेरोइनसहित तीन जना समातिए

Logo
Pulse Khabar मंगलबार, कार्तिक ०४, २०८३

झापा:झापाको बिर्तामोडबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बिर्तामोड नगरपालिका-२ त्रिशूली चोकबाट १ ग्राम ५० मिलिग्राम पदार्थसहित तीन जना पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–२ का २४ वर्षीय प्रदीप राजवंशीसहित तीन जना छन् । प्रहरीका अनुसार देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित मंगलबार नौ जना पक्राउ परेका छन्। झापासहित जुम्ला, कञ्चनपुर र सुर्खेतबाट उनीहरू पक्राउ परेका हुन् ।

जुम्लाको तिला गाउँपालिका–३ कुडारी बजारबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ४ ग्राम ९३० मिलिग्रामसहित तीन जना पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १०० मिलिग्रामसहित भारतको पिलिभित न्युरिया कलौनीका ३२ वर्षीय अमित हलदर पक्राउ परेका छन् ।त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ ढोडेखालीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ८० मिलिग्रामसहित २७ वर्षीय आयुस बमसहित दुई जना पक्राउ परेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206