काठमाडौँ: सङ्घीय संसद्, प्रतिनिधिसभाका सदस्य मिङ्मा डेभिड शेपाले बुधबार साँझ ५ः४० बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।
‘सदनदेखि शिखरसम्म’भन्ने नाराका साथ आरोहणमा निस्किनु भएका शेर्पाले नवौँ दिनमा सगरमाथाको चुचुरोको सफल आरोहण गर्नुभएको थियो । नवौँ पटक सगरमाथाको सफल आरोहण गर्नुभएका उहाँ आज अपराह्न काठमाडौँ आइपुग्नुभएको छ । शेर्पा विसं २०८२ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो ।
