१४ जेठ २०८३, बिहिबार

नेपाली सेनाद्वारा विद्यालय भवन निर्माण सम्पन्न, स्थानीयमा छायो खुसी

Logo
Pulse Khabar बिहिबार, जेठ १४, २०८३

सिद्धार्थनगर: रुपन्देहीको रोहिणी गाउँपालिका–२ मैनिहवास्थित राम आधारभूत विद्यालयमा नेपाली सेनाले दुई कक्षाकोठासहितको नयाँ भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।

विद्यालयका कक्षाकोठा जीर्ण बन्दै गएपछि पठनपाठन प्रभावित हुन थालेको हो । यस्तो अवस्थामा नेपाली सेनाले ‘शीघ्र प्रभावी योजना’ अन्तर्गत नयाँ भवन निर्माण गरेको हो । निर्माण सम्पन्न भवनको बुधबार मध्यपश्चिम पृतना हेडक्वाटरका पृतनापति हिम्मतबहादुर विष्टले उद्घाटन गर्नुभयो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सावर यादवलाई हस्तान्तरण गर्नुभएको थियो ।तारादल गणद्वारा निर्माण गरिएको उक्त भवनले विद्यार्थीलाई सुरक्षित र व्यवस्थित वातावरणमा अध्ययन गर्ने सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ । विद्यालयमा विद्यार्थी सङ्ख्या बढ्दै जाँदा पुराना भवन चर्किएर जोखिमपूर्ण अवस्थामा पुगेपछि नयाँ संरचनाको आवश्यकता परेको बताइएको छ ।

उपरथी विष्टले नेपाली सेनाले शिक्षा, स्वास्थ्य, खानेपानी तथा सामुदायिक पूर्वाधारका क्षेत्रमा स्थानीय तहसँग सहकार्य गर्दै जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । नयाँ भवन निर्माणसँगै विद्यालयको शैक्षिक वातावरण सुधार हुने तथा बालबालिकाले सहज र सुरक्षित रूपमा अध्ययन गर्न पाउने अपेक्षा गरिएको छ । स्थानीयवासीले पनि यस कार्यले मैनिहवा क्षेत्रको शैक्षिक विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206