१४ जेठ २०८३, बिहिबार

भोजपुर–दिङ्ला सडक कालोपत्रको काम तीव्र गतिमा

Logo
Pulse Khabar बिहिबार, जेठ १४, २०८३

भोजपुर: भोजपुरको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र दिङ्लासँग जोड्ने ‘भोजपुर–दिङ्ला’ सडकखण्डमा कालोपत्र सुरु गरिएको छ ।

सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण तीव्र गतिमा अघि बढाइएको पूर्वाधार विकास कार्यालय जनाएको छ । कार्यालय प्रमुख राजनराज रेड्डीले पहिलो खण्डअन्तर्गत पानीट्याङ्की–तीनतलेसम्मको करिब १७ किलोमिटर सडकमा कालोपत्र थालनी गरिएको बताउनुभयो । हालसम्म यस सडकको भौतिक प्रगति करिब ५५ प्रतिशत पुगेको छ । पहिलो खण्डको निर्माणको काम कोशी प्रदेश सरकारको करिब रु ६२ करोडको लगानीमा भइरहेको छ । निर्माण सम्झौता अनुसार आगामी फागुन महिनासम्म सम्पूर्ण कार्य सम्पन्न गर्नु पर्नेछ । “भोजपुर–दिङ्ला सडकको पहिलो खण्डमा कालोपत्रको काम सुरु भएको छ”, प्रमुख रेड्डीले भन्नुभयो, “गुणस्तरलाई ध्यानमा राख्दै तोकिएको समयमै काम सम्पन्न गर्न कार्यालयले नियमित अनुगमन तथा सहजीकरण गरिरहेको छ ।” दोस्रो खण्डअन्तर्गत तीनतले–दिङ्ला करिब १६.५ किलोमिटर सडकखण्ड निर्माण कार्य पनि भइरहेको छ ।

वर्षायाममा हिलो र हिउँदमा अत्यधिक धुलोका कारण सवारी आवतजावत कठिन हुँदा बिरामी ओसारपसार, कृषिउपज ढुवानी तथा दैनिक जनजीवन प्रभावित हुने गरेको थियो । स्थानीय भीमप्रसाद राईले सडक कालोपत्र सुरु भएपछि धुुलो र हिलोको समस्या अन्त्य भएको बताउनुभयो । निर्माण कम्पनीका प्रमुख श्याम श्रेष्ठले बर्सातले असर नगरेमा सम्झौता अवधिअघि नै सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । विसं २०८० मङ्सिर महिनाबाट सडक निर्माण सुरु गरिएको हो। यो सडक आयोजना सम्पन्न भएपछि जिल्लाको उत्तरी क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकास टेवा पुग्ने स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206