१४ जेठ २०८३, बिहिबार

उत्तरी गोरखाबाट गम्भीर अवस्थाकी सुत्केरीको हेलिकप्टरद्वारा उद्धार

Logo
Pulse Khabar बुधबार, जेठ १३, २०८३

गोरखा: उत्तरी गोरखा विकट धार्चे गाउँपालिकाकी एक गम्भीर अवस्थाकी सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

धार्चे गाउँपालिका–२ केरौँजाकी सुत्केरी विमला विकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँ थापाथलीस्थित परोपकार प्रसूतिगृह पुर्‍याइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । चौबीस वर्षकी विकलाई सुत्केरी हुँदाको गम्भीर बिरामी (इक्लामसिया) भएकाले उद्धार गरिएको सप्रजिअ शर्माले जानकारी दिनुभयो । विक १३ दिनअघि सुत्केरी हुनुभएको थियो ।

तर आज बिहान एक्कासि बिरामी भएर ढलेको र तत्काल सघन उपचारको खाँचो परेकाले उद्धार गर्नुपरेको धार्चे स्वास्थ्य शाखाका अमृत घलेले जानकारी दिनुभयो । “यो अवस्थामा तत्काल आइसियुमा राखेर उपचार नगरे ज्यान जाने जोखिम भएकाले दिउँसो २ः०० बजेतिर हेलिकोप्टरमा उद्धार गरी काठमाडौँ पु¥याइएको हो”, उहाँले भन्नुभयो, “अहिले सुत्केरीको अवस्था गम्भीर नै छ । केरौंजा स्वास्थ्यचौकीबाट एकजना स्वास्थ्यकर्मी र बिरामी कुरुवा पनि सोही हेलिकोप्टरमा पठाएका छौँ ।”

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206