१३ जेठ २०८३, बुधबार

यस वर्षको ’इच्छुक पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार नेपालीलाई प्रदान

Logo
Pulse Khabar बुधबार, जेठ १३, २०८३

घोराही:नेपाल पत्रकार महासङ्घ दाङले स्थापना गरेको पत्रकार ‘कृष्णसेन इच्छुक’ पत्रकारिता पुरस्कार जनक नेपालीलाई प्रदान गरेको छ ।

पत्रकार कृष्णसेन इच्छुकको २४औँ स्मृति दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ दाङ र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आज एक कार्यक्रमको आयोजना गरी पत्रकार नेपालीलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।त्यसैगरी, प्रेस सेन्टर नेपालले स्थापना गरेको कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार पत्रकार भूपेन्द्र वलीलाई र लोककुमारी रिजाल पत्रकातिा पुरस्कार पत्रकार सन्तोष डाँगीलाई प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका पूर्वध्यक्ष तथा वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले पत्रकार इच्छुकले जनताका पक्षमा चलाएको कलमले निष्ठाको पत्रकारितामा लाग्न प्रेरित गरेको बताउनुभयो ।

पछिल्लो समय पत्रकारितामा विकृति र विसङ्गति देखापर्न थालेको भन्दै त्यसलाई चिरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । विसं २०१३ मा जन्मिएका पत्रकार प्रगतिवादी कवि तथा पत्रकार कृष्णसेन इच्छुकको २०५९ जेठ १३ गते माओवादी युद्धका क्रममा तत्कालिक नेपाली सेनाले पक्राउ गरी यातना दिँदै हत्या गरेको थियोे ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206