१२ जेठ २०८३, मंगलबार

आज देशभर वर्षाको सम्भावनाः सजग रहन मौसमविद्को आग्रह

Logo
Pulse Khabar मंगलबार, जेठ १२, २०८३

काठमाडौं:पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भागनजिक सक्रिय रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभावका कारण आज (मंगबलार) देशभर मौसम प्रभावित रहने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सातै प्रदेशका विभिन्न स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको हो । हाल गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम आंशिकदेखि सामान्यतया सफा रहेको जनाइएको छ । गण्डकी प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका केही स्थानमा अहिले नै चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा पनि बादल लाग्ने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । साथै, मधेश प्रदेशसहित ती प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । त्यस्तै, सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा गर्मी बढ्ने तथा तातो दिनको अवस्था रहने सम्भावना औंल्याइएको छ । मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी समेत दिइएको छ ।

मंगलबार राति पनि मौसम पूर्ण रूपमा नखुल्ने महाशाखाको अनुमान छ । कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा जारी रहने सम्भावना रहेको छ । लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भाग र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206