११ जेठ २०८३, सोमबार

पर्यटकको रोजाइमा कोशी टप्पु, आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि

Logo
Pulse Khabar सोमबार, जेठ ११, २०८३

धरान:आर्थिक वर्ष २०८१ / ८२ मा ११ हजार ६०३ पर्यटकले कोशी टप्पु आरक्ष भ्रमण गरेको कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यलयले जनाएको छ । भ्रमण गर्नेमा आन्तरिक पर्यटक ११ हजार २१४ र सार्क मुलुकबाट ४२ महिला र ४५ पुरुष गरी ८७ जना तथा अन्य मुलुकबाट १५१ महिला र १५१ पुरुष गरी ३०२ विदेशी पर्यटक रहेको आरक्ष प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।जैविक विविधता, दुर्लभ वन्यजन्तु तथा शान्त वातावरणका कारण आरक्ष आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । सुनसरी र सप्तरी जिल्लाभित्र सप्तकोशी नदीले बनाएको टापु क्षेत्रमा फैलिएको यस आरक्ष जङ्गली भैँसी (अर्ना) का लागि प्रसिद्ध छ । कोशी टप्पु रैथाने अर्ना पाइने नेपालको एक मात्र संरक्षित क्षेत्र मानिन्छ ।

सन् १९८७ देखि यो क्षेत्र रामसार सूचीमा सूचीकृत छ । यहाँ घडियाल, मगरगोही, सोंस (डल्फिन) तथा विभिन्न प्रजातिका माछा पनि पाइन्छन् । चराचुरुङ्गीको उच्च विविधताका कारण कोशी टप्पुलाई ‘चराहरूको राजधानी’ समेत भनिन्छ । प्राकृतिक सौन्दर्य र जैविक विविधताले समृद्ध यस क्षेत्र पक्षी अवलोकन, अध्ययन तथा अनुसन्धानका लागि स्वदेशी र विदेशी पर्यटकको आकर्षण बन्दै आएको छ । आरक्षलाई पूर्वी भारतसँग जोडिएको जैविक मार्गका रूपमा पनि लिइन्छ । चितुवाबाहेक अन्य ठूला मांसाहारी जनावरको सङ्ख्या न्यून रहे पनि आरक्षले पूर्वी तराई, मधेस क्षेत्रको वन, वनस्पति, हावापानी र जैविक विविधताको प्रतिनिधित्व गर्दै आएको आरक्ष प्रमुख यादवले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206