१० जेठ २०८३, आइतबार

लागुऔषध विरुद्ध मोरङ प्रहरीको महाअभियानः टिकटक प्रतियोगितामा उत्कृष्ट भिडियो बनाउनेलाई ५० हजार पुरस्कार

Logo
Pulse Khabar आइतबार, जेठ १०, २०८३

विराटनगर: बढ्दो लागुऔषध दुर्व्यसनलाई नियन्त्रण र युवापुस्तामा जनसचेतना फैलाउन जिल्ला प्रहरी कार्यालय मोरङले ‘लागुऔषध विरुद्धको महाअभियान २०८३’ सुरु गरेको छ। यस अभियान अन्तर्गत प्रहरीले युवा लक्षित आकर्षक टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ।

मोरङ प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले आइतबार अभियानको उद्घाटन गर्दैे प्रतियोगिताको बारेमा विस्तृत जानकारी दिनुभयो । अहिलेको डिजिटल युगमा युवाहरूको आकर्षणलाई ध्यानमा राख्दै लागुऔषध विरुद्धको अभियानमा सक्रिय बनाउन यो रचनात्मक शैली प्रभावकारी हुने उनको भनाई छ ।

जेठ १० गतेबाट खुल्ला गरिएको यस प्रतियोगितामा ‘बढ्दो लागुऔषध विरुद्ध एकजुट हौँ’ भन्ने मूल सन्देशमा आधारित रहेर जनचेतनामूलक भिडियो तयार गर्नुपर्नेछ । सहभागीहरूले जेठ १० गतेदेखि जेठ मसान्तभित्र आफ्ना भिडियोहरू बनाएर पोस्ट गरिसक्नुपर्नेछ । प्रतियोगिताका विजेताहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ, जसमा प्रथम हुनेले ५० हजार , दोस्रो हुनेले रु. ४०,०००, तेस्रो हुनेले रु. ३०,०००, चौथो हुनेले रु. २०,००० र पाँचौँ हुनेले रु. १०,००० रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यो प्रतियोगिताले सामाजिक सञ्जालको माध्यमबाट युवा पुस्तामा लागुऔषध विरुद्ध बलियो चेतना जगाउने विश्वास लिइएको छ ।

कार्यक्रमबारे जानकारी दिँदै (एसपी) कटवालले “हाम्रो मुख्य लक्ष्य भनेकै समाजमा सकारात्मक परिवर्तन ल्याउनु हो। अभियानलाई थप प्रभावकारी बनाउन र युवापुस्तामा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको छ। सबै उमेर समूहका नागरिक सहभागी हुन पाउने गरी यो प्रतियोगितालाई पूर्ण रूपमा खुल्ला गरिएको उनले बताएका छन्। प्रतियोगीतामा सहभागी हुन इच्छुक महानुभावहरूले आफुले तयार पारेको भिडियो जिल्ला प्रहरी कार्यालय मोरङको आधिकारिक माध्यम वा प्रहरीले तोकिएको प्लेटफर्ममा पठाउनुपर्नेछ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206