१० जेठ २०८३, आइतबार

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, घाम लाग्दा धुलाम्मे

Logo
Pulse Khabar आइतबार, जेठ १०, २०८३

पाल्हीनन्दन: छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक निर्माणका लागि पटकपटक म्याद थपिए पनि निर्माण हुन सकेको छैन । बर्दघाट सुस्ता पश्चिम नवलपरासी महेशपुरबाट हरपुरसम्म एक किलोमिटर र सुनवल बजारको ५०० मिटर सडक निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय बुटवलले गौरीशङ्कर हिमालयन कन्स्ट्रक्सन कम्पनीलाई जिम्मा दिएको थियो ।

विसं २०८१÷०१÷२६ गते निर्माण सम्पन्न गर्नेगरी २०८०÷०१÷२६ गते सम्झौता गरिएकामा हालसम्म ६५ प्रतिशत मात्र सडकको काम सम्पन्न भएको डिभिजन कार्यालय बुटवलका इन्जिनियर सुशील पौडेलले बताउनुभयो ।उहाँका अनुसार बिजुलीको खम्बा तथा खानेपानीको पाइप सार्न ढिलाइ भएकाले ठेकेदारले समयमा काम सम्पन्न गर्न सकेको छैन ।महेशपुर सडकको काम सम्पन्न गर्नका लागि जेठसम्म तेस्रो पटक (अन्तिम) म्याद थप गरिएको इन्जिनियर पौडेलको भनाइ छ । यद्यपी अलकत्राको मूल्य वृद्धि भएको भन्दै ठेकेदारले अहिले काम बन्द गरेको छ । अलकत्रा अभावको कारण देखाउँदै समयमा काम सम्पन्न गर्न नसकेको गौरीशङ्कर हिमालयन कन्स्ट्रक्सन कम्पनीका दिलीप लामाले बताउनुभयो ।

निर्माण व्यवसायीले सडकको काम समयमा नगरेपछि धुलैधुलो भएर घरको आँगनमा बस्न नमिल्ने, यात्रुहरू सडकमा आवतजावत गर्दा नाकमुख छोप्नुपर्ने तथा भारतबाट आउने मालवाहक सवारीहरूलाई आवतजावत गर्न समस्या भइरहेको पाल्हीनन्दन गाउँपालिका–२ का वडाध्यक्ष जगदीश गुप्ताले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “समयमै सडक निर्माण हुन नसक्दा पानी नपर्दा धुलाम्मे, पानी पर्दा हिलाम्मे हुने अवस्था छ, जनताले सास्ती पाएका छन् । निर्माण व्यवसायी इमान्दार नहुँदा राज्यको रकम खेर गएको छ भने जनताले दुःख पाएका छन् ।”

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206