०९ जेठ २०८३, शनिबार

लागुऔषध विरुद्ध विराटनगरमा ‘मेगा क्यान’ अभियान सुरु हुँदै

Logo
सौरभ फुयल शनिबार, जेठ ०९, २०८३

मोरङ प्रहरीले लागुऔषध दुर्व्यसन नियन्त्रण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विराटनगरमा ‘लागुऔषध दुर्व्यसन विरुद्धको महाअभियान’ सञ्चालन गर्ने भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा हुन लागेको “Mega Campaign Against Narcotics – Mega CAN” उक्त अभियानको उद्घाटन भने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की द्वारा हुनेछ । अभियानको शुभारम्भ आइतबार जेठ १० गते बिहान ८ बजे विराटनगर महानगरपालिका–४ स्थित रहेको होटल मनास्लु इनमा हुने जनाइएको छ।कार्यक्रममा विभिन्न सरकारी निकाय, सुरक्षा अधिकारी, सामाजिक अभियन्ता तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको प्रहरीले जनाएको छ।

लागुऔषध दुर्व्यसन कारण युवापुस्तामा बढ्दो चुनौती देखिएको अवस्थामा समाजलाई सचेत बनाउने,दुर्व्यसन न्यूनीकरण गर्ने तथा अपराध नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको प्रहरीले जनाएको छ । महाअभियान सञ्चालनको नेतृत्व मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले गरेका छन् । साथै उनले अभियानमा सरोकारवाला निकाय तथा नागरिकलाई सक्रिय सहभागिताका लागि आग्रह गर्नुभएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206