०९ जेठ २०८३, शनिबार

विराटनगरको रानी नाका क्षेत्रका होटलमा प्रशासनको आकस्मिक अनुगमन, सुरक्षा व्यवस्था कडा पारिँदै

Logo
Pulse Khabar शुक्रबार, जेठ ०८, २०८३

नेपाल–भारत सीमा क्षेत्र जोगवनी–रानी नाकामा अवैध गतिविधि नियन्त्रण गर्न मोरङ प्रशासनले पुनः कडा निगरानी र अनुगमन सुरु गरेको छ। जोगवनी–रानी सीमासँग जोडिएका होटल तथा व्यावसायिक प्रायोजनका लागि घरका पर्खालमा बनाइएका अवैध ढोका र सटरहरूलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय मोरङले अनुगमन तीव्र पारेको हो।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको नेतृत्वमा शुक्रबार साँझ सुरक्षा निकायका प्रमुखसहितको टोलीले सीमा क्षेत्रको स्थलगत अनुगमन गरेको हो । मोरङको सीमावर्ती क्षेत्रमा रहेका होटलहरूले अवैध रूपमा बनाइएका चोरबाटो (ढोकाहरू) बन्द गराइएको छ । सीमावर्ती क्षेत्रमा रहेका केही होटलहरूले आफ्नो कम्पाउण्डको पर्खालमा गोप्य ढोकाहरू बनाई रातिको समयमा भारतबाट अवैध रूपमा सामान ओसारपसार गर्ने गरेको प्रशासनले सुचना पाएको थियो । सोही सूचनाका आधारमा प्रशासनले यसअघि नै ती होटलहरूलाई ढोका बन्द गर्न कडा निर्देशन दिएको थियो । सीमावर्ती क्षेत्रका एक दर्जनभन्दा बढी होटल तथा व्यावसायिक भवनहरूबाट रातिको समयमा होटेल तथा व्यवसायिक भवनका पर्खालमा बनाइएका ढोकामार्फत अवैध कारोबार र चोरी पैठारी हुने गरेको पाइएपछि स्थानीय प्रशासनले आफ्नो निगरानी र सुरक्षा सतर्कता तीव्र पारेको छ । मुख्य गरी सीमासँग जोडिएका व्यापारिक प्रतिष्ठानहरूले सुरक्षा निकायको आँखा छलेर अवैध गतिविधि गरिरहेको सूचनाका आधारमा प्रशासनले विशेष अपरेसन र निगरानी सुरु गरेको हो । शासनको निर्देशनपछि स्थानीय व्यवसायीहरुले अधिकांश ढोका बन्द गरिसकेको अनुगमनका क्रममा पाइएको छ । अनुगमनमा सहभागी टोलीले केही स्थानमा पुनः निगरानी बढाइने जनाएको छ । अनुगमनपछि प्रमुख जिल्ला अधिकारी कट्टेलले अवैध कारोबार नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले स्थानीय व्यवसायीहरुले प्रशासनको आग्रहलाई सकारात्मक रुपमा लिएर सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “स्थानीयवासीले कानुनको पालना गर्नुभएको रहेछ, यसले खुशी लागेको छ । अवैध गतिविधि नियन्त्रण गर्न प्रशासन अझै कडाइका साथ अघि बढ्छ” ।

स्थानीय प्रशासनको निर्देशन र बढ्दो सक्रियतापछि अवैध रूपमा सञ्चालित अधिकांश व्यवसायहरू बन्द भएका छन् । प्रशासनले सञ्चालन गरेको बजार अनुगमनका क्रममा व्यवसायीहरूले आफ्ना ढोका बन्द गरेको पाइएको हो ।अनुगमन टोलीका अनुसार निर्देशन पालना नगर्ने र लुकिछिपी सञ्चालन हुन सक्ने केही शङ्कास्पद स्थानहरूमा पुनः निगरानी बढाउने तयारी गरिएको छ । अवैध कारोबार पूर्ण रूपमा नियन्त्रण नभएसम्म यो अभियान जारी रहने टोलीले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी कट्टेलले अवैध कारोबार नियन्त्रणका लागि प्रशासनले विशेष अभियान नै सञ्चालन गरेको प्रष्ट पार्नुभयो । स्थानीय व्यवसायीहरूले प्रशासनको आग्रह र कानुनी मर्यादालाई सकारात्मक रूपमा लिएर स्वतःस्फूर्त सहयोग गरेकोमा उहाँले धन्यवाद समेत व्यक्त गर्नुभयो ।उहाँले भन्नुभया “स्थानीयवासीले कानुनको पालना गर्नुभएको पाइयो, यसले हामीलाई खुसी लागेको छ,“। अवैध गतिविधि र कारोबारलाई शून्यमा झार्न प्रशासन आगामी दिनमा अझै कडाइका साथ अघि बढ्नेछ । प्रशासनको यो कदमसँगै स्थानीय बजारमा हुने अवैध आर्थिक गतिविधि र विचौलियाहरूको प्रभाव घट्ने सर्वसाधारणले अपेक्षा गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206