नेपालीले जोगबनी बजारबाट किनेर ल्याउने गरेको चिनीमा भारत सरकारले प्रतिबन्ध लगाएको छ । पहिलो चरणमा चिनीमा प्रतिबन्ध लगाएको भारतले, दोस्रो चरणमा खाने तेलमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
एक साता अघिसम्म नेपालीले निर्वाद रूपमा भारती बजार जोगबनीबाट खाद्यान्न सामग्री सँगै चाहिएको जति चिनी ल्याइ रहेका थिए । सोमबारदेखि जोगबनीबाट चिनी नेपाल ल्याउन भारतीय पक्षले प्रतिबन्ध लगाएको छ । नेपाल–भारतको सीमान्त क्षेत्र जोगबनी नाकाको दशगजा क्षेत्रमा तैनाथ भारती सुरक्षाकर्मीले चिनी नेपाल भित्र्याउन दिइरहेका छैन । जोगबनीबाट किनमेल गरेर नेपाल फर्किरहेका नेपालीहरूको झोला भारतीय पक्षले चेक गरेर चिनी जफत गरिरहेका छन् । दशगजा क्षेत्रमा तैनाथ भारतीय सुरक्षाकर्मीले नेपाल तर्फ चिनी ल्याइरहेका नेपालीलाई चिनी खरिद गरेकै पसलमा फिर्ता गर्न लगाउने र नमानेको खण्डमा चिनी जफत गरिरहेका छन् । नेपालको तुलनामा भारतमा चिनी प्रतिकेजी २५ रुपैयाँ सस्तो छ । भारती बजार जोगबनीमा ७५ रुपैयाँ किलोमा पाइने चिनी नेपाली बजारमा १०० रुपैयाँ भन्दा माथि बिक्री भइरहेको छ । चिनी किन्नकै कारण नेपालीहरू भारती बजार जोगबनी पुगिरहेका छन् । जहाँ सस्तोमा चिनी सँगै घरका लागि आवश्यक खाद्यान्न सामग्री किनेर नेपाल फर्किरहेका छन् ।
२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट नेपालमा बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री भएपछि नेपाल–भारतको सीमान्त क्षेत्रमा कडाइ गरिएको छ जसको कारण ९० प्रतिशत नेपाली किनमेलका लागि जोगबनी जान छाडेका छन् । १० प्रतिशत नेपाली सस्तो चिनी सँगै खाद्यान्न सामग्री खरिद गर्न जोगबनी पुगिरहेका छन् । भारत सरकारले पहिलो चरणमा चिनीमा प्रतिबन्ध लगाएको भारत सरकारले दोस्रो चरणमा खाने तेलमा प्रतिबन्ध लगाउने गरेको तयारीका कारण नेपाली किनमेलका लागि जोगबनी जाने अवस्थाको अन्त हुन लागेको हो ।इजरायल–इरान बिच युद्ध चलिरहेको बेला भारत आर्थिक संकटमा परेको छ । देशलाई आर्थिक संकटबाट पार लगाउन चिनी र खाने तेलमा रोक लगाइएको हो ।
