०७ जेठ २०८३, बिहिबार

६ बालबालिकाका भारतबाट उद्धार

Logo
Pulse Khabar बुधबार, जेठ ०६, २०८३

विराटनगर:भारतका विभिन्न ठाउँबाट ६ जना नेपाली बालबालिकालाई उद्धार गरी उनीहरूको परिवारको जिम्मा लगाइएको छ । ‘किन इन्डिया’ को सहयोग र बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ विराटनगरको सक्रियतामा ती बालबालिकाको उद्धार गरिएको हो ।

गत वैशाख ४ गते उद्धार गरिएका ६ बालबालिकामध्ये कोसी प्रदेशका ३ बालिका र १ बालक रहेका छन् भने मधेस प्रदेशका २ जना बालक रहेका छन्। उद्धार गरिएका सबै बालबालिकालाई नेपाल प्रहरी प्रदेश कार्यालय धरानको रोहबरमा औपचारिक प्रक्रिया पूरा गरी उनीहरूका अभिभावकको जिम्मा लगाइएको बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र विराटनगरले जनाएको छ । विभिन्न कारणले सीमा पार पुगेका र भारतका बालगृहमा आश्रय लिइरहेका यी बालबालिकाहरूलाई स्वदेश फर्काएर परिवारसँग मिलन गराइएपछि उनीहरूका अभिभावकहरूमा खुसी छाएको छ ।

हराएका वा अलपत्र परेका बालबालिकाहरूको खोजी र उद्धार कार्यमा समन्वय केन्द्रले निरन्तर काम गर्दै आएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206