१६ कार्तिक २०८३, आइतबार

पुच्छर नभएको हात्तीमा रेडियोकलर जडान गरिँदै

Logo
Pulse Khabar आइतबार, कार्तिक १६, २०८३

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको पुच्छर नभएको ‘लिणे’ हात्तीमा रेडियो कलर (जिपिएस) जडानको तयारी भइरहेको छ ।

निकुञ्ज छेउछाउका बस्तीमा गएर मानवीय क्षति पुर्‍याउनुका साथै स्थानीयको घर, भान्सा र गोठ भत्काएर धनमालमा क्षति पुर्‍याउन थालेपछि निकुञ्ज प्रशासनले चितवनबाट रेडियो कलर मगाएर केही दिनभित्रै जडान गर्ने गृहकार्य गरेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले चितवनबाट शनिबार साँझ रेडियोकलर शुक्लाफाँटा आइपुगेको बताउनुभयो । गत वर्षअघि लालझाडीको ढक्का र भीमदत्त नगरपालिकाको बनकट्टीमा गरी दुई जनाको ज्यान लिएको थियो । पछिल्लो समय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको रणसिंह दल गणले सुरक्षा सक्रियता कारण उक्त हात्तीले मानवीय क्षति भने गर्न सकेको छैन । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अर्यालले रेडियो कलर जडानपछि लिणे हात्तीमाथि निगरानी बढाएर बस्तीमा क्षति हुन नदिने रणनीति अपनाइने बताउनुभयो । “प्राविधिक टोलीसहित छलफल गरेर हात्तीलाई लोकेट गरेर बेहोस बनाएर रेडियो कलर जडान गर्नेछौँ”, उहाँले भन्नुभयो, “त्यसअघि प्राविधिकसहितको टोली बसेर आवश्यक छलफल गरिनेछ ।”

संरक्षण अधिकृत अर्यालले जनधनको क्षति गर्न थालेपछि वन्यजन्तुमा यहाँ पहिलो पटक रेडियो कलर जडान गर्न लागिएको बताउनुभयो । “पाटेबाघ र गैँडा गणनाकाबेला विगतमा पनि रेडियो कलर जडान गरिन्थ्यो”, उहाँले भन्नुभयो, “जनधनकै क्षति पुर्‍याएर दुःख दिने थालेपछि हात्तीमाथि जडान गर्न थालिएको हो । स्थानीयले नै पुच्छर नभएकाले हात्तीको नाउँ ‘लिणे’ राखेका हुन् ।”तीन सय पाँच वर्ष किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउछाउका बस्तीमा हरेक वर्ष हात्तीले क्षति पुर्‍याउँदै आएका छन् । निकुञ्ज प्रशासनले मानव–वन्यजन्तु नियन्त्रणका लागि मानवीय क्षति न्यूनीकरणका लागि अभियान सञ्चालनको तयारीसमेत गरिरहेको छ । एक साताअघि कञ्चनपुरको बेल्डाँडीमा आयोजित कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले शुक्लाफाँटा वरपरका बस्तीमा पुगेर क्षति पुर्‍याइरहेको जङ्गली हात्तीलाई रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाएको जानकारीसमेत स्थानीयलाई गराउनुभएको थियो । मन्त्री चौधरीकै पहलमा यहाँ रेडियो कलर तत्काल जडान गर्नेगरी अघि बढेको निकुञ्ज प्रशासनको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206