१६ कार्तिक २०८३, आइतबार

बेनी-दरवाङ सडक सञ्चालन

Logo
Pulse Khabar आइतबार, कार्तिक १६, २०८३

म्याग्दी: म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-दरवाङ सडक एक दिनपछि आज दिउँसोदेखि सञ्चालनमा आएको छ ।

बेनी-नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा रहेको फापरखेतमा शुक्रबार राति पहिरो खसेपछि २४ किलोमिटर दूरीको सडकमा सिधा यातायात सञ्चालन बन्द भएको थियो । पूर्वाधार विकास कार्यालय म्याग्दीले ब्याकुहोलोडर परिचालन गरेर पहिरो पन्छाएपछि यातायातका साधन सञ्चालन हुन थालेका हुन् । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि चक्रलाल पाण्डेले तत्काललाई मर्मत गरे पनि निरन्तर पहिरो खस्ने भएकाले जुनसुकै समयमा आवागमन अवरुद्ध हुने जोखिम रहेको बताउनुभयो ।

बेनी-दरवाङ म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने लाइफलाइन मानिन्छ । फापरखेतमा विसं २०५८ मा सडकको मार्ग खोल्नुअघि देखिकै पहिरो रोकथामको प्रयास भए पनि सफल हुन सकेको छैन । पछिल्लो पटक यसअघि खस्नेभन्दा फरक ठाउँमा पहाडको ढिस्को चर्किएर पहिरो खस्न थालेकाले आवतजावत गर्न जोखिम देखिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206