१६ कार्तिक २०८३, आइतबार

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

Logo
Pulse Khabar आइतबार, कार्तिक १६, २०८३

विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ भेटघाट गर्नुभएको छ ।

विसं २०७८ कात्तिक २५ गते कार्यभार सम्हाल्नुभएका प्रदेश प्रमुख खापुङ यही कात्तिक २४ गते पाँचवर्षे कार्यकाल पूरा गरी बिदा हुनुहुँदैछ ।बिदाइ भेटघाटमा मुख्यमन्त्री कार्कीले प्रदेशको विकास र समृद्धिमा उहाँले पुर्‍याउनुभएको योगदानप्रति धन्यवाद ज्ञापन गर्नुभयो । भेटमा प्रदेशको विकास र विविध पक्षमा कुराकानीसमेत भएको मुख्यमन्त्री कार्कीको प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो ।मुख्यमन्त्री कार्कीले प्रदेशमा सीमित स्रोतसाधनकाबीच विकास र स्थिरतालाई अगाडि बढाउने प्रयत्न भइरहेको जानकारी दिँदै सङ्घीयतापछि पाँचवर्षे कार्यकाल पूरा गरेर बिदा हुन लाग्नुभएका प्रदेश प्रमुख खापुङप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

मुख्यमन्त्रीले अभिभावकत्व प्रदान गर्दै संवैधानिक तथा कानुनी व्यवस्थालाई सुव्यवस्थित बनाउन प्रदेश प्रमुख खापुङले खेल्नुभएको भूमिका स्मरणीय रहने बताउनुभयो ।भेटघाटमा प्रदेश प्रमुख खापुङले आफ्नो कार्यकालमा प्रदेश सरकारले गरेको सहयोग र सहकार्यप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुन्छ । एउटा प्रदेशमा पाँच वर्ष बिताएपछि त्यही प्रदेशमा पुनः प्रदेश प्रमुख रहन नपाइने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206