१५ कार्तिक २०८३, शनिबार

बडीमालिकामा भारी हिमपात: दुई जना पर्यटक सम्पर्कविहीन

Logo
Pulse Khabar शनिबार, कार्तिक १५, २०८३

बाजुरा: धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा पुगेका दुई जना पर्यटक सम्पर्कविहीन भएका छन् ।

बडीमालिका माताको दर्शन तथा घुम्न पुगेका दुई जना पर्यटक वर्षासहित भारी हिमपातपछि सम्पर्कविहीन भएका हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर कार्की सम्पर्कविहीन भएका हुन् । यही कात्तिक ९ गते सदरमुकाम मार्तडीबाट पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेकामा तीन जना भने बडीमालिका पुगेर फर्किसकेका उहाँले बताउनुभयो । चार हजार दुई मिटर उचाइमा अवस्थित बडीमालिका भगवती मन्दिरमा दर्शन गरेर फर्कने क्रममा शुक्रबार मनिष बोहरा सम्पर्कविहीन रहेकामा गए रातिदेखि सागर कार्कीसँग पनि सम्पर्क हुन नसकेको सूचना अधिकारी शाहीले जानकारी दिनुभयो ।

“हिजो सागरसँग फोन सम्पर्क गर्दा बडीमालिकाबाट फर्किने क्रममा साथी हरायो, म त्रिवेणी पाटनमा छु भन्दै हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “उहाँहरू सो क्षेत्रमा भारी हिमपातका कारण अलपत्र पर्नुभएको हुनसक्छ ।”सूचना अधिकारी शाहीले त्यहाँ पुगेका मनिष हिमपातपछि हराएका र भारी हिउँ पर्दा तल झर्न नसक्दा सागर पनि अलपत्र परेका हुनसक्ने बताउनुभयो । दुवै जनाको मोबाइल बन्द भएको सङ्केत आइरहेकाले उद्धार टोली त्यसतर्फ खोजीका लागि पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो । जिल्लामा शुक्रबारदेखि भएको वर्षाका कारण बडीमालिकासहित उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा उद्धार गर्न कठिनाइ भएको जनाउँदै सूचना अधिकारी शाहीले मार्तडीबाट प्रहरीको टोली खटाउने तयारी भइरहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206