१५ कार्तिक २०८३, शनिबार

उद्घाटनको विवादमा चल्यो गोली: एक युवक घाइते, अवस्था गम्भीर

Logo
Pulse Khabar शनिबार, कार्तिक १५, २०८३

बारा:स्वास्थ्य केन्द्र उद्घाटनका विषयमा भएको विवाद उग्र बनेपछि बारामा गोली लागेर एक युवक घाइते भएका छन् ।

संघीय सरकारले निर्माण गरेको स्वास्थ्य केन्द्र उद्घाटनका लागि फेटा गाउँपालिकाले शनिबार बिहान कार्यक्रम आयोजना गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ समीक्षा बास्कोटा स्वास्थ्य केन्द्र उद्घाटन गर्न बारा पुगेकी थिइन् ।गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीको विपक्षमा रहेका स्थानीयले स्वास्थ्य केन्द्र परिसरमा राखिएको शिलालेख तोडफोड गरेपछि विवाद चर्किएको थियो । अध्यक्ष अन्सारी पक्षधर र विपक्षी स्थानीयबीचको विवाद झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ ।गोली लागेर घाइते भएका युवकको पहिचान खुल्न सकेको छैन ।

प्रहरीले गोली चलाएको घटनाबारे औपचारिक पुष्टि गरेको छैन । इलाका प्रहरी कार्यालय सिमराबाट थप मद्दतका लागि घटनास्थल पुगेका डीएसपी दयाकृष्ण भट्टले स्थिति साम्य बनाउन प्रहरीले प्रयास गरिरहेको बताएका छन् ।तत्कालीन विवेकशील नेपाली पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्ष अन्सारीविरुद्ध उत्रिएको स्थानीयको एउटा समूहले स्वास्थ्य केन्द्र उद्घाटनमा अवरोध गरेपछि विवाद सुरु भएको थियो । गाउँपालिका अध्यक्ष अन्सारीले एमालेका कार्यकर्ता आफ्नो विरोधमा उत्रिएको दाबी गरेका छन् । पूर्वगाउँपालिका अध्यक्ष अमिरिलाल पालको निर्देशनमा घटना भएको उनको आरोप छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206