१५ कार्तिक २०८३, शनिबार

दशौँ राष्ट्रिय खेलकुदका लागि बाजुरामा आजदेखि खेलाडी छनोट सुरु

Logo
Pulse Khabar शनिबार, कार्तिक १५, २०८३

बाजुरा: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बाजुरामा आजदेखि जिल्लास्तरीय खेलाडी छनोट प्रक्रिया सुरु भएको छ ।

आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्न जिल्लामा विभिन्न खेलका प्रतिस्पर्धा सुरु गरिएको हो ।जिल्ला खेलकुद समिति अध्यक्ष कोपिला सिंहका अनुसार प्रतियोगितामा सहभागी हुन जिल्लाबाट १८ विधाका खेलमा ३३६ जना खेलाडीले फाराम भरेका छन् । तीमध्ये जिल्ला छनोट प्रतियोगिताबाट २२६ जना खेलाडी छनोट गरिने उहाँले जानकारी दिनुभयो ।सदरमुकाम मार्तडीमा सुरु भएको छनोट प्रतियोगितामा विभिन्न खेल विधाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय प्रतिस्पर्धामा सहभागी हुने अवसर पाउनेछन् । अध्यक्ष सिंहले जिल्लामा १८ वटै खेलका प्रशिक्षक रहेको जानकारी दिँदै राष्ट्रिय प्रतियोगितामा बाजुराबाट ३४ जना प्रशिक्षकसमेत सहभागी हुने बताउनुभयो ।जिल्लामा खेलाडी छनोटका लागि आवश्यक तयारी पूरा गरी प्रतियोगिता सञ्चालन गरिएको उहाँको भनाइ छ । राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिताले जिल्लाका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ । यसले जिल्लामा खेलकुदको विकास र नयाँ प्रतिभा पहिचान गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206