११ कार्तिक २०८३, मंगलबार

देशभर सवारी दुर्घटनामा १२४ जनाको मृत्यु, कोशीमा सबैभन्दा बढी क्षति

Logo
Pulse Khabar मंगलबार, कार्तिक ११, २०८३

काठमाडौं:दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा १२४ जनाले ज्यान गुमाएका छन् ।

दुर्घटनामा दुई हजार ९८८ जना घाइते भएका छन् । प्रहरीका अनुसार असोज २५ देखि कात्तिक ८ गतेसम्म १५ दिनको अवधिमा देशभर एक हजार ३३९ वटा सवारी दुर्घटना भएका हुन् ।दुर्घटनाको प्रदेशगत विवरण हेर्दा कोशी प्रदेश सबैभन्दा जोखिमपूर्ण देखिएको छ । यस अवधिमा कोशीमा मात्रै ४१३ वटा दुर्घटना भएका छन् । सबैभन्दा कम दुर्घटना मधेश प्रदेशमा ८० वटा भएका छन् ।प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा मृत्यु हुनेमा ८३ पुरुष, ३९ महिला, सात बालक र पाँच बालिका छन् । घाइतेमध्ये ४३७ जनाको अवस्था गम्भीर छ भने दुई हजार ५५१ जना सामान्य घाइते भएका छन् ।केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार दसैँको अवधिमा भएका दुर्घटनामा सबैभन्दा धेरै मोटरसाइकल संलग्न छन् ।

दुर्घटनामा एक हजार ५५२ मोटरसाइकल परेका छन् । त्यस्तै, ३३७ जिप तथा कार, २०७ टेम्पो, ७१ ट्रक तथा ट्यांकर, ६४ माइक्रोबस र ५४ बस दुर्घटनामा संलग्न भएका छन् ।यसैगरी ३८ ट्याक्टर, १५ टिपर, १० डोजर, स्काभेटर तथा लोडर र १३३ अन्य सवारीसाधन दुर्घटनामा परेका छन् । तथ्यांकअनुसार काठमाडौँ उपत्यकामा १७१, बागमतीमा ११२, गण्डकीमा ९७, लुम्बिनीमा १६१, कर्णालीमा १७१ र सुदूरपश्चिम प्रदेशमा १५० वटा दुर्घटना भएका छन् ।गत वर्षको दसैँ अवधिमा देशभर एक हजार ४९२ वटा सवारी दुर्घटना भएका थिए । अघिल्लो वर्षको तुलनामा यस वर्ष दुर्घटनाको संख्या कम भएर एक हजार ३३९ मा झरे पनि मानवीय क्षतिको जोखिम भने गम्भीर देखिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206