१० कार्तिक २०८३, सोमबार

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

Logo
Pulse Khabar सोमबार, कार्तिक १०, २०८३

भोजपुर :धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाइ किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन् ।

किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा परालसमेत नष्ट हुन थालेको किसानले बताएका छन् ।भोजपुर नगरपालिका–५ बोखिमका अधिकांश किसानको खेतमा लाइ किराको समस्या देखिएको स्थानीय किसान धनबहादुर थापाले जानकारी दिनुभयो । विगतका वर्षमा यस्तो समस्या नदेखिएको भए पनि यस वर्ष किराको प्रकोपले धानबालीमा क्षति पुर्‍याएको उहाँले बताउनुभयो ।धानको फेदमा किराले क्षति पु¥याउँदा बोट कमजोर भई ढल्ने गरेको र त्यसले धान तथा पराल दुवैमा नोक्सानी पु¥याएको उहाँले जानकारी दिनुभयो । धानबालीमा किराको प्रकोप देखिएपछि यस वर्ष उत्पादनमा समेत असर पर्ने चिन्ता किसानमा बढेको छ ।“विगतका वर्षमा धानमा यसरी लाइ किराको प्रकोप देखिएको थिएन”,उहाँले भन्नुभयो, “किराले धानको फेदमै क्षति पुर्‍याएपछि बोट ढल्न थालेका छन् ।

यसले धानको उत्पादनमा मात्र नभई पशुचौपायाका लागि आवश्यक परालमा समेत नोक्सानी पु¥याएको छ ।”भोजपुर नगरपालिका–५ का अर्की किसान गीता विष्टले पनि धानको फेदमा लाइ किराको समस्या देखिएको बताउनुभयो । किराको प्रकोपका कारण धानको बोटसँगै बालामासमेत क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।“धानको फेदमा लाइ किरा लागेर रस चुस्ने गरेको छ । जसले गर्दा बोट सुक्ने र बाला कालो भई झर्ने समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “वर्षभरि खाने मुख्य बाली नै भित्राउने बेलामा नष्ट हुन थालेपछि हामी किसान समस्यामा परेका छौँ ।”धान पाक्ने तथा भित्राउने समय नजिकिँदै गर्दा बालीमा यस्तो समस्या देखिएपछि मेहनत र लगानी खेर जाने चिन्ता बढेको किसानको भनाइ छ । धानका बोट ढल्दा बाली भित्राउन कठिन हुने तथा धान र पराल दुवैमा क्षति पुग्ने भएकाले किसान थप समस्यामा परेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206