०९ कार्तिक २०८३, आइतबार

सप्तकोशीमा मोटरबोट दुर्घटना: ३ जनाको मृत्यु

Logo
Pulse Khabar आइतबार, कार्तिक ०९, २०८३

विराटनगर:सप्तकोशी नदीमा मोटरबोट पल्टिँदा तीन जना यात्रुको मृत्यु भएको छ ।

आइतबार दिउँसो भोजपुरको कोप्चेबाट यात्रु बोकेर सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको मोटरबोट धनकुटा, उदयपुर र भोजपुरको संगमस्थल त्रिवेणी नजिकै दुर्घटनामा परेको हो ।प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्न सकेको छैन । मृत्यु हुनेमा एक जना ५ वर्षीया बालिका, ३५ वर्षीया महिला र ४० वर्षीय पुरुष रहेका छन् । मोटरबोटका चालक सुमन मगर भने पौडिएर बाहिरिएको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।दुर्घटनामा परेको मोटरबोटमा कति जना यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन। दुर्घटनास्थल धनकुटा क्षेत्रमा पर्ने भए पनि उद्धारका लागि सुनसरीको बराहक्षेत्रबाट प्रहरी टोली खटिएको छ ।

धनकुटाबाट उद्दारका लागि भौगिक अवस्थाले गर्दा समय लाग्ने भएकोले बराहक्षेत्रको प्रहरी टोलीले उद्धार गरिरहेको बताइएको छ ।घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीको उद्धार टोली पुगेर काम थालेको बताइएको छ । प्रहरीका अनुसार ११ जनाको टिकट काटेको देखिए पनि मोटरबोटमा १६ जना यात्रु सवार रहेको भनिएको छ । तर, यात्रु सवार संख्या पुष्टि हुन सकेको छैन ।दुर्घटनाको कारण, मोटरबोटमा सवार यात्रुको वास्तविक सङ्ख्या तथा अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । मृतक तीनको शव चतरा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206