०९ कार्तिक २०८३, आइतबार

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

Logo
Pulse Khabar आइतबार, कार्तिक ०९, २०८३

जनकपुरधाम: धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् ।

माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी यादवको घाँटीमा धारिलो हतियार प्रहार भएको घाउ देखिएको छ । उहाँको हत्या भएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । उहाँका श्रीमान् ३५ वर्षीय उमेश यादव घरदेखि करिब एक किलोमिटर टाढा रूखमा झुण्डिएको अवस्थामा आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । मिथिला बिहारी–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उहाँ घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए ।

मृतक दम्पतीका चार वर्षीय छोरा छन् । बालकको एउटा तिघ्रामा पनि धारिलो हतियार प्रहार भएको घाउ देखिएको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो । प्रहरी नायब उपरीक्षक खनालले घटनाको प्रकृति शङ्कास्पद देखिएको बताउनुभयो । “घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ,” उहाँले भन्नुभयो ।घटनाका कारण तथा मृत्युको परिस्थितिबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206