०९ कार्तिक २०८३, आइतबार

आश्विन शुक्ल पूर्णिमा : नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने आज अन्तिम दिन

Logo
Pulse Khabar आइतबार, कार्तिक ०९, २०८३

काठमाडौँ: आश्विन शुक्ल चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने अन्तिम दिन भएकाले सडकमा टीका थाप्न हिँड्नेको चहलपहल देखिन्छ ।

विजयादशमीका दिन कात्तिक ४ गते १० दिनसम्म पूजाआराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिन अर्थात् आजसम्म जारी रहने भएकाले सडकमा धेरै मानिसको चहलपहल देखिएको हो । नवदुर्गाको प्रसाद ग्रहण गर्ने आज अन्तिम दिन हो ।पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सह प्राडा पुरुषोत्तम भट्टराई भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहेको बताउनुहुन्छ ।

केही दिन सुनसान रहेको राजधानी सहरमा शनिबार बिहानदेखि भने केही चहलपहल बढ्न थालेको देखिन्छ ।मानिसको चहलपहल बढेको देखिए पनि सवारी कम हुँदा यात्रा सहज हुन सकेको छैन । सार्वजनिक यातायातमा कोचाकोच गरेर टीका थाप्न र आशीर्वाद लिन हिँड्नेको चहलपहल भने बजारमा हिजोका दिनभन्दा आज बढी छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206