०९ कार्तिक २०८३, आइतबार

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

Logo
Pulse Khabar आइतबार, कार्तिक ०९, २०८३

म्याग्दी: गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै स्थानमा विद्युत् आपूर्ति पूर्ववत् भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको बेनी र तातोपानी वितरण केन्द्रले बाढीपहिरोले क्षति पुगेका प्रशारण, शाखा लाइन लगायतका संरचना मर्मत गरेर विद्युत् आपूर्ति सूचारु गरेका हुन् ।प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा शनिबार बत्ती बलेको जानकारी दिनुभयो । “धेरै ठाउँमा दुई÷तीन दिनमै विद्युत् आपूर्ति गराएका थियौँ । पाउद्वार, गिवाङ, किन्दु क्षेत्रमा चाडपर्वको समय पनि नभनी कर्मचारी र कमजदुरहरु दसँैको समयमा रातीसम्म परिचालन भयौँ,” उहाँले भन्नुभयो, “कतिपय ठाउँमा वैकल्पिक माध्यम र संरचनाबाट विद्युत् आपूर्ति गराएका छौँ । दोस्रो चरणमा थप मर्मत गरी विद्युत् आपूर्तिलाई नियमित र व्यवस्थित बनाउने प्रयासमा छौँ ।” म्याग्दी वितरण केन्द्र अन्तर्गतको मिलनचोक सबस्टेसनमार्फत पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारिबेनीकासहित २४ हजार ४९० ग्राहक छन् । तातोपानी वितरण केन्द्रअन्तर्गत अन्नपूर्ण गाउँपालिका–१, २, ३ र ४ नम्बर वडा सहित मुस्ताङमा विद्युत् आपूर्ति हुन्छ ।

बाढी पहिरोले प्राधिकरणको ३३÷११ केभीको प्रसारण, वितरण लाइनका २५० वटा पोल र त्यहाँ तानिएका तार क्षति गरेको थियो । कुल रु एक करोड ५० लाख क्षति पुगेको प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख गामीले जानकारी दिनुभयो । अन्नपूर्ण गाउँपालिकाको राम्चे र हिस्तानमा पर्वतको जलजला गाउँपालिका–५ लेकफाँट तर्फबाट विद्युत् आपूर्ति गरिएको छ । यस क्षेत्रमा यसअघि महभिरतर्फबाट विद्युत् आपूर्ति हुने गरेको थियो । पाउद्वारमा हेलिकप्टरबाट ढुवानी गरिएको ट्रान्सफर्मरले काम नगरेपछि घार गाउँबाट विद्युत् आपूर्ति गराइएको बेनी वितरण केन्द्रका प्रमुख गामीले बताउनुभयो । विद्युत् आपूर्ति हुन थालेपछि ग्रामीण क्षेत्रको जनजीवन सहज हुन थालेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206