०९ कार्तिक २०८३, आइतबार

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

Logo
Pulse Khabar आइतबार, कार्तिक ०९, २०८३

नारायणगढ: चितवनमा सवारी दुर्घटना तथा दुर्घटनामा परी मृत्यु हुने र घाइते हुनेको सङ्ख्यामा उल्लेख्य कमी आएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको दसैँको तुलनामा यस वर्ष सवारी दुर्घटना करिब ७३ प्रतिशतले कमी आएको हो । कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ को दसैँ अवधिमा जिल्लामा ३३ वटा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो भने ५८ जना घाइते भएका थिए । चालु आर्थिक वर्ष २०८३/८४ को दसैँ अवधिमा भने नौ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।गत वर्षको तुलनामा यस वर्ष दुर्घटनाको सङ्ख्या २४ वटाले घटेको छ । त्यस्तै, दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७५ प्रतिशत र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घटेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाले प्रविधिको प्रयोग, कडाइका साथ गरिएको सवारी जाँच, चुस्त सुरक्षा व्यवस्था र ट्राफिक सचेतनाका कारण दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको बताउनुभयो । उहाँका अनुसार जिल्लाका मुख्य स्थानमा जडान गरिएका सिसिटिभी क्यामेराबाट निगरानी, ट्राफिक प्रहरीद्वारा बडी वोर्न क्यामेराको प्रयोग तथा मुख्य सडकखण्डमा कडाइका साथ गरिएको सवारी जाँचले दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याएको छ । साथै चाडपर्वका समयमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउनु र निरन्तर ट्राफिक सचेतना अभिवृद्धि गर्नुले पनि दुर्घटना तथा मानवीय क्षति घटाउन योगदान पुऱ्याएको प्रमुख थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206