०९ कार्तिक २०८३, आइतबार

सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

Logo
Pulse Khabar आइतबार, कार्तिक ०९, २०८३

उदयपुर: त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

शनिबार बेलुकी त्रियुगा –११ को सङ्गम टोलस्थित इनार चोकबाट पिपलचोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले पैदल हिँडिरहेका रामबहादुर कार्कीलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईले स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई उपचारार्थ जिल्ला अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जानकारी दिनुभयो ।

दुर्घटनामा संलग्न स्कुटर चालक त्रियुगा–११, ढिम्की निवासी दिलीप केसीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206