पर्सा: चार लाख ११ हजार बराबरका चोरीका गरगहनासहित यहाँ एक महिलालाई पक्राउ गरिएको छ ।
एक तोलाको सुनको सिक्री र दुई तोला चाँदीका पाँच सेट पायलसहित ती महिलालाई पक्राउ गरिएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्ज महानगरपालिका–६ स्थित गहवामाई मन्दिर नजिकस्थित हर्ष ज्वेलर्सबाट चोरी भएका गरगहनाको ती महिलाबाट बरामद गरेको हो ।
