१२ जेठ २०८३, मंगलबार

बागमती प्रदेश सरकारको निर्णयः जेठ १३ देखि १५ सम्म गणतन्त्र दिवस मनाइने

Logo
Pulse Khabar मंगलबार, जेठ १२, २०८३

बागमती:बागमती प्रदेश सरकारले तीनदिन विभिन्न कार्यक्रम गरी ‘गणतन्त्र दिवस २०८३’ मनाउने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले यही जेठ १३ गतेदेखि १५ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी ‘गणतन्त्र दिवस २०८३’ मनाउने निर्णय गरेको छ ।

बैठकले मुख्यमन्त्री बानियाँको अध्यक्षतामा प्रदेशसभाका सभामुख, प्रदेश सरकारका सबै मन्त्री, प्रतिपक्षी दलका नेता, उपसभामुख, प्रदेश नीति तथा योजना आयोगका पदाधिकारीहरु,सुरक्षा निकायका प्रमुख र नेपाल पत्रकार महासङ्घका प्रतिनिधि सदस्य रहने गरी प्रदेशस्तरीय गणतन्त्र दिवस मूल समारोह समिति गठन गर्दै तीनदिन भव्यतापूर्वक गणतन्त्र दिवस मनाउने निर्णय गरेको प्रदेश सरकार प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिनुभयो ।

गणतन्त्र दिवसको अवसरमा जेठ १३ गते ‘गणतन्त्र स्थापनाको १८ वर्षः कार्यान्वयन र चुनौती’ विषयक विद्यालयस्तरीय निवन्ध प्रतियोगिता,जेठ १४ गते सार्वजनिक रक्तदान, निःशुल्क स्वास्थ्य शिविर र वृक्षरोपण कार्यक्रम र जेठ १५ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा प्रदेशस्तरीय मूल समारोह आयोजना गरिने निर्णय भएको मन्त्री तामाङले बताउनुभयो ।यस वर्षको ‘गणतन्त्र दिवस २०८३’ को अवसरमा चार उत्कृष्ट पत्रकारलाई जनही रु ५० हजार नगदसहित पुरस्कृत गर्ने निर्णयसमेत भएको जनाइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206