विराटनगर:मोरङसहित पूर्वी तराईका जिल्लामा आज पनि हावाहुरी तथा असिनापानीको जोखिम कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पछिल्लो मौसम विश्लेषणअनुसार पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी नेपाल नजिक विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम अस्थिर बनेको हो। महाशाखाका अनुसार कोशी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा र तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ।
केही क्षेत्रमा असिनापानी समेत पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। हावाहुरीका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै किसानलाई बाली संरक्षण गर्न, सर्वसाधारणलाई अनावश्यक रूपमा खुला स्थानमा नजान तथा सुरक्षित स्थानमा बस्न महाशाखाले अनुरोध गरेको छ।
