१२ जेठ २०८३, मंगलबार

सप्तकोशीको टापुबाट साढे ४ सय ७५ केजी बढी गाँजा बरामद

Logo
Pulse Khabar मंगलबार, जेठ १२, २०८३

सुनसरी:सप्तकोशी नदीको बीच टापुमा लुकाएर राखिएको अवस्थामा सशस्त्र प्रहरीले ठुलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ ।

सुनसरी र उदयपुर जिल्लाको सीमा क्षेत्रमा पर्ने टापुबाट करिब ४ सय ७५ केजी गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।सुनसरीको बराह क्षेत्र नगरपालिका–६ र उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदीको बीच टापुमा १६ वटा बोरामा लुकाई राखिएको अवस्थामा उक्त गाँजा फेला परेको सशस्त्र प्रहरीले फेला पारेको हो । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन वेश चतराका सशस्त्र प्रहरी निरीक्षक मेघराज राउत र सुरक्षा वेश रामपुरबाट सशस्त्र प्रहरी निरीक्षक राजविक्रम खड्काको नेतृत्वमा खटिएको संयुक्त टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको जनाएको छ ।

नदीको बीच टापुमा गाँजा राखिएको कारण सशस्त्र प्रहरीले ‘‘र्‍याप बोट’ प्रयोग गरेर गाँजा नदी पार गराई किनारमा ल्याएको थियो । बरामद गरिएको गाँजालाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206