११ जेठ २०८३, सोमबार

गणतन्त्र दिवसमा पनि नबोल्ने भए प्रधानमन्त्री, राष्ट्रपतिले सम्बोधन गर्ने

Logo
Pulse Khabar सोमबार, जेठ ११, २०८३

काठमाडौं:प्रधानमन्त्री बालेन शाहले यस वषैको मुल समारोह गणतन्त्र दिवसलाई सम्बोधन नगर्ने भएका छन् । उनले यस विषयमा औपचारिक जनकारी सहित राष्ट्रपति कार्यलयलाई पत्रचार गरिसकेको स्रोतले जनाएको छ ।

हरेक वर्ष गणतन्त्र दिवसको अवसारमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुने गरेको छ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगाएतका विशिष्ट व्यक्तिहरुको सहभागिता रहने गर्दछ भने प्रधानमन्त्रीले सम्बोधन गर्ने अभियास रहदै आएको छ । तर प्रधानमन्त्री भने सार्वजनिक समारोहमा कमै देखिएका शाहले यसपटक पनि मुख्य समारोहदलाई सम्बोधन नगर्ने निर्णय गरेका हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्री शाहले सो समारोहलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोधसहित पत्र पठाएका हुन् । मन्त्रिपरिषदको निर्णय अनुसार राष्ट्रपति नै हुने भएकाले गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिनु हुन अनुरोध गरिन्छ भन्ने व्यहोराको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको स्रोतले बतायो । अब राष्ट्रपतिले गणतन्त्र दिवसलाई सम्बोधन गर्ने तयारी गरिएको बताइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206