१० जेठ २०८३, आइतबार

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनः तयारी कार्यतालिका सार्वजनिक

Logo
Pulse Khabar आइतबार, जेठ १०, २०८३

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक गरेको छ ।

पार्टी निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार जेठ १५ गतेसम्म ७७ जिल्ला तथा ७ प्रदेशमा निर्वाचन समिति गठन हुनेछ । यस्तै जेठ २० गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन सङ्कलन गर्ने कार्यसूची छ । जेठ ३० गतेसम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गर्ने कार्यतालिका छ ।

जेठ २५ गतेसम्म महाधिवेशन प्रतिनिधिहरूको नामावली पेश गर्ने, असार ५ गतेसम्म प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीहरूको विवरण पेश गर्ने कार्यतालिका छ । असार ५ गतेभित्र इलेक्ट्रोनिक भोटिङ मेशिन प्रयोग गर्नेबारे छलफल गरिने कार्यतालिकामा उल्लेख छ । रास्वपाको पहिलो महाधिवेशन आउँदो असार ७, ८ र ९ गते चितवनमा हुँदैछ ।

 

 

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206