विराटनगर महानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा पढ्न चाहने विद्यार्थीहरूका लागि छनोट परिक्षाको अनलाइन आवेदन खुला गरेको छ। महानगरपालिका निजी (संस्थागत) विद्यालयहरूमा निःशुल्क अध्ययन गर्न इच्छुक योग्यता पुगेका विद्यार्थीहरूले जेठ १ गतेदेखि १० गते राति ११ः५९ बजे भित्रसम्म महानगरका आधिकारि वेबसाइट तथा छात्रवृत्ति पोर्टलबाट निशल्क फर्म भर्नुपर्ने व्यवस्था गरिएको थियो।
महानगरपालिकाले चालु शैक्षिक सत्रका लागि छात्रवृत्ति छनोट परीक्षाको मिति र मापदण्ड सार्वजनिक गरेको छ । भने असार १७ गते आइतबार छात्रवृत्ति छनोट परीक्षा हुनेछ ।माध्यमिक शिक्षा परीक्षा (एसईई) मा न्यूनतम १.६ जीपीए प्राप्त गरेका विद्यार्थीहरू मात्र यो आवेदनका लागि योग्य हुने महानगरपालिकाले जनाएको छ ।परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित बहुविषयगत प्रश्नहरू समेटेर सञ्चालन गरिनेछ । कुल १०० पूर्णाङ्कको परीक्षामा अंक विभाजन गरिएको छ । जसमध्य नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयबाट ९० अंक तथा सामान्य ज्ञानबाट ९० अंकतथा सामन्य ज्ञानबाट १० अंक गरी कुल १०० पूर्णाङ्गको परिक्षा लिइनेछ । महानगरपालिकाका अनुसार छात्रवृत्ति परीक्षामा उत्तीर्ण हुनका लागि परीक्षार्थीले न्यूनतम ४० अंक अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको छ। विद्यार्थीले आफूले अध्ययन गर्न चाहेको विषय पढाइ हुने बढीमा पाँच वटा विद्यालयको प्राथमिकता निर्धारण गर्नुपर्नेछ। आवेदन पूर्ण रूपमा पेश गर्नुअघि सम्पूर्ण विवरण पूर्वावलोकन गरी यकिन गर्नुपर्नेछ। किन भने एकपटक आवेदन पेश गरिसकेपछि कुनै पनि विवरण सच्याउन नमिल्ने व्यवस्था गरिएको छ। आवेदनका लागि आवश्यक फोटो र अन्य कागजातहरू अनिवार्य रूपमा जेपिजी वा पिएनजी ढाँचामा मात्र अपलोड गर्नुपर्ने जनाइएको छ। न्गरपालिकाले सबै विद्यार्थीहरूलाई फाराम भर्दा विशेष सावधानी अपनाउन र अन्तिम सबमिट गर्नुअघि आफ्ना विवरणहरू पुनः जाँच गर्न सूचित गरिएको छ। महानगरपालिकाले क्षेत्रभित्रका संस्थागत (निजी) विद्यालयहरूले उपलब्ध गराउने कम्तीमा १० प्रतिशत छात्रवृत्तिलाई व्यवस्थित बनाउन नयाँ आरक्षण प्रणाली लागू गरेको छ ।लक्षित वर्गसम्म छात्रवृत्तिको पहुँच पु¥याउन विभिन्न समूहका लागि निश्चित कोटा निर्धारण गरिएका महानगरपालिकाले जनाएको हो । जसअनुसार जेहेन्दारतर्फ ३५ प्रतिशत, विपन्नतर्फ ३५ प्रतिशत, जनजातितर्फ १० प्रतिशत तथा दलित, अपाङ्गता, मुस्लिम र अन्य समूहका लागि समान ५ र ५ प्रतिशत कोटा छुट्याइएको छ । महानगरपालिकाले आरक्षित समूहतर्फ कुल कोटाको कम्तीमा ५० प्रतिशत भाग छात्राहरूका लागि सुरक्षित गरेको छ । यसैगरी, कुल छात्रवृत्तिको ५० प्रतिशत कोटा अनिवार्य रूपमा सामुदायिक (सरकारी) विद्यालयबाट आएका विद्यार्थीहरूका लागि छुट्याइएको महानगरपालिकाले जनाएको छ ।महानगरपालिकाको शिक्षा शाखाका प्रमुख राम प्रसाद ढुंगेलका अनुसार हाल देखिएको प्राविधिक समस्या समाधानका लागि शिक्षा मन्त्रालयसँग समन्वय भइरहेको छ। भोलिदेखि नियमित रूपमा अनलाइन फाराम भर्न सकिने अपेक्षा गरिएको जानकारी उनले दिए।
छात्रवृत्ति आवेदनका लागि निम्नलिखित कागजातहरू आवश्यक पर्ने महानगरपालिकाले जनाएको छ । सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेको प्रमाण,अपाङ्गता परिचयपत्र जिल्ला प्रशासन कार्यालयको सिफारिस ,विपन्न परिचयपत्र वा वडा कार्यालयको सिफारिस चाहिने छ। सहिदका छोराछोरी, जनआन्दोलन तथा मधेस आन्दोलनका घाइतेका सन्तती र बेपत्ता परिवारका सन्ततीका लागि सम्बन्धित निकायबाट प्रमाणित कागजात (अनिवार्य) लागु गरिएको छ । छात्रवृत्तिका लागि लिइने परीक्षाको केन्द्र, नतिजा तथा अन्य विस्तृत विवरणहरू परीक्षा हुनुभन्दा तीन दिनअघि महानगरपालिकाको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिने शिक्षा शाखाले जनाएको छ।महानगरपालिकाहरूले लिने कक्षा ११ को छात्रवृत्ति परीक्षा र आवेदन प्रक्रियामा देखिएको प्राविधिक समस्या संयुक्त प्रणालीका कारण भएको पाइएको छ। शिक्षा मन्त्रालय र महानगरपालिकाहरूले एउटै साझा प्रणालीमार्फत परीक्षा तथा आवेदन सञ्चालन गर्दा यस्तो समस्या आएको अधिकारीहरूले बताएका छन्।
ढुंगेलका अनुसार नेपालभरका जुनसुकै विद्यालयबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीहरू यो छात्रवृत्ति परीक्षामा सहभागी हुन योग्य छन्। परीक्षामा उत्तीर्ण हुने विद्यार्थीहरूले आफ्नो रोजाइको विद्यालयमा निःशुल्क अध्ययन गर्न पाउने व्यवस्था मिलाइएको छ। यसैबीच, हाल विभिन्न निजी तथा सामुदायिक विद्यालयहरूले कक्षा ११ को प्रवेश परीक्षा लिन र भर्ना गर्न सुरु गरिसकेका छन्। महानगरपालिकाले विद्यार्थीहरूलाई छात्रवृत्ति परीक्षाको नतिजा आउनुअघि नै जथाभाभी भर्ना नहुन आग्रह गरेको छ। यदि कोही विद्यार्थी पहिले नै कुनै विद्यालयमा भर्ना भइसकेको र पछि छात्रवृत्तिमा नाम निस्किएर अर्को विद्यालयमा सर्न चाहेमा, पहिले बुझाएको शुल्क फिर्ता गराउने विषयमा महानगरपालिकाले कुनै पहल गर्न नसक्ने स्पष्ट पारिएको छ।महानगरपालिकाका शिक्षा विभाग प्रमुख ढुंगेलले योग्य विद्यार्थीहरूलाई बिनाहिचकिचाहट छात्रवृत्ति परीक्षामा सहभागी हुन आग्रह गर्नुभएको छ । महानगरको यो कार्यक्रमले आर्थिक अभावका कारण गुणस्तरीय शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने विश्वास लिइएको छ । महानगरले हरेक वर्ष कुल विद्यार्थी संख्याको १० प्रतिशतलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको सन्दर्भमा यस वर्षको परीक्षामा सहभागी हुन आह्वान गरिएको हो। परीक्षा निष्पक्ष र पारदर्शी हुने भएकाले ढुक्क भएर तयारी गर्न र आवेदन दिन विद्यार्थी तथा अभिभावकहरूलाई प्रमुख ढुंगेलल अनुरोध गरेका छन् । आवेदन फर्म र परीक्षाको विस्तृत विवरण महानगरको आधिकारिक वेबसाइटमा उपलब्ध गराइने छ
