०४ कार्तिक २०८३, मंगलबार

प्रेसलाई नियन्त्रण गर्ने सरकारको मनसाय छैनः सञ्चारमन्त्री डा तिमिल्सिना

Logo
Pulse Khabar बुधबार, जेठ ०६, २०८३

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेसलाई नियन्त्रित गर्ने सरकारको मनसाय नरहेको स्पष्ट गर्नुभएको छ । प्रतिनिधिसभाका विभिन्न बैठकमा सांसदहरूबाट आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै मन्त्री डा तिमिल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रतताप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।

“प्रेस स्वतन्त्रताको अधिकार संविधान दिएको हो । आज, भोलि र पर्सी कसैले यो अधिकार कुष्ठित गर्न सक्दैन तर प्रेस स्वतन्त्रता स्वछन्दता भने हुँदैन । प्रेसले आफ्नो गरिमा र सीमालाई कायम राख्न सक्नुपर्छ”, मन्त्री डा तिमिल्सिनाले भन्नुभयो, “प्रेसले आफ्नो गरिमा र सीमालाई कायम गर्दा सरकारले चाहेर केही गर्न सक्दैन । त्यसकारण गरिमा र सीमालाई ख्याल गरेर ढुक्क भएर काम गर्न म पत्रकारिता जगतलाई आग्रह गर्दछु ।”

उहाँले प्रेस काउन्सिल नेपाल र चलचित्र सेन्सर बोर्डलाई सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्री डा तिमिल्सिनाले सरकारको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताका विषयमा आफ्नो मन्त्रालयसँग सम्बन्धित सुझाव र प्रश्नलाई मनन् गर्ने विश्वास दिलाउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206