०३ साउन २०८३, आइतबार

चितवनमा पनि बढ्यो हिमाली स्वादको क्रेजः बजारमा याक चिजको माग ह्वात्तै आकासियो

Logo
Pulse Khabar मंगलबार, जेठ ०५, २०८३

चितवन:यहाँका वजारमा याक चिज उपलब्ध हुन थालेको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफ्ना डेरीमार्टहरुमा यसको उपलव्धता गराएको हो ।

सङ्घका अध्यक्ष किशोर बगालेले सङ्घले आइतबारदेखि याक चिज जिल्लामा उपलब्ध गराउन थालेको जानकारी दिनुभयो । दुग्ध विकास संस्थान (डिडिसी)ले उत्पादन र बिक्री वितरण गर्दै आएको सो चिज जिल्लामा ल्याइएको हो ।संस्थानले उत्पादन गरेका अन्य वस्तुहरुसमेत मार्टबाट बिक्री गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “याकको चिज अहिले परीक्षणस्वरुप बिक्रीका लागि ल्याएका छौँ । ग्राहकको मागअनुसार यसको आयात बढाइने छ ।” स्थानीय उत्पादनलाई प्राथमिकता दिनका लागि याकको चिजलाई आफूहरुले बिक्री गर्न थालेको उहाँले बताउनुभयो ।

सङ्घले सञ्चालन गरेको मार्टमा आफ्नै उत्पादनका दुग्ध जन्य वस्तुहरुको उपलब्ध हुँदै आएको छ । दूध, दही, पनिर, चिज, मोही, नौनी, घ्यूजस्ता वस्तु उपलब्ध हुँदै आएको छ । सङ्घले आफ्नो उत्पादनलाई बजारीकरण गर्नका लागि दुग्धजन्य वस्तुको उत्पादन गर्दै आएको हो । सङ्घले रत्ननगरमा रहेको आफ्नै उद्योगमा उत्पादित बिक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206