०३ साउन २०८३, आइतबार

अपाङ्गता र संरक्षित परिवारका बालबालिकालाई छात्रवृत्ति प्रदान गरिने

Logo
Pulse Khabar सोमबार, जेठ ०४, २०८३

काठमाडौँ:काठमाडौँ महानगरपालिकाले अपाङ्गता भएका अभिभावकका बालबालिका र संरक्षित परिवारका बालबालिकालाई छात्रवृत्तिमा कोटा निर्धारण गर्ने भएको छ । कामपाले कक्षा ११ र १२ को छात्रवृत्तिमा अपाङ्गता भएका अभिभावकका सन्तति र संरक्षित परिवारका बालबालिकालाई आरक्षित समूहमा आवेदन दिन सक्ने व्यवस्था मिलाएको हो ।

कामपाको ४९औँ कार्यपालिका बैठकबाट पारित गरिएको छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०८३ मा उक्त व्यवस्था थप गरिएको कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिनुभयो । कार्यविधिमा छात्रवृत्तिलाई परिभाषित गर्दै कक्षा ११ र १२ निजी शिक्षण संस्थाले कामपाबाट यसै कार्यविधिअनुसार छनोट गरेर अध्ययनका लागि सिफारिस गरेका विद्यार्थी वा निजका अभिभावकबाट प्रचलित कानुनबमोजिम सरकारलाई तिर्नुपर्ने शुल्क दस्तुरबाहेक कुनै पनि शीर्षकमा शुल्क नलिने गरी प्रदान गरिने अध्ययन सुविधा भनेर परिभाषित गरिएको उहाँले उल्लेख गर्नुभयो । गत वर्षसम्म सबै विद्यालयले १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने थियो । अब विद्यार्थी सङ्ख्याको आधारमा छात्रवृत्ति निर्धारण हुनेछ । जसअनुसार ५०० जनाभन्दा कम विद्यार्थी भएका विद्यालयले न्यूनतम १० प्रतिशत, ५०० देखि ८०० जनासम्म विद्यार्थी भएका विद्यालयले न्यूनतम १२ प्रतिशत र ८०० भन्दा बढी विद्यार्थी भएका विद्यालयले न्यूनतम १५ प्रतिशत छात्रवृत्ति प्रदान गर्नुपर्ने व्यवस्था गरिएको कामपा शिक्षा विभागका प्रमुख ढकालले जानकारी दिनुभयो ।अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ बमोजिम कार्यविधिमा यो वर्गीकरण राखिएको हो । उहाँका अनुसार यस प्रयोजनका लागि विद्यार्थी गणना गर्दा छात्रवृत्ति प्राप्त गरेका विद्यार्थी गणनामा राखिने छैन । कार्यविधिले महानगरभित्रका स्थायी बसोबास भएका संस्थागत र सामुदायिक जुनसुकै विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई १९ प्रतिशत, जुनसुकै स्थानका भए पनि संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि प्रदान गरिने छात्रवृत्तिको प्रतिशत १० बनाएको छ ।

छात्रवृत्ति परीक्षामा साहभागी हुन चाहने परीक्षार्थीले सोही शैक्षिकसत्रको माध्यमिक शिक्षा परीक्षा (एसइई) वा सो सरहको परीक्षामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले तोके बमोजिमको न्यूनतम जिपीए प्राप्त गरेको हुनुपर्ने कामपा शिक्षा विभागका प्रमुख ढकालले जानकारी दिनुभयो ।परीक्षार्थीले अनलाइनमार्फत आवेदन दिनुपर्नेछ। यसरी दिइने आवेदनमा न्यूनतम शैक्षिक योग्यताको ग्रेड सिट र चारित्रिक प्रमाणपत्र, शैक्षिक योग्यताका प्रमाणपत्रहरू,प्रतिशत वा ग्रेड नखुलेको भए सम्बन्धित संस्थाले प्रतिशत वा ग्रेड खुलाएको प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकता र सो नभएमा जन्म दर्ताको प्रमाणपत्र, सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि सिफारिस, आरक्षणका लागि आवश्यक प्रमाणका कागजात, समितिले मागेका अन्य कागजात प्रविष्ट गर्नुपर्नेछ ।परीक्षाबाट योग्यताक्रम निर्धारण भएर भर्नाको अवसर प्राप्त गर्ने निवेदकले सम्बन्धित विद्यालयमा भर्ना हुँदा निवेदन फारामका साथ पेस गरेका सम्बन्धित कागजातको प्रतिलिपि र सक्कल अनिवार्य पेस गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206