विराटनगर:नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखा, विराटनगरले औषधि प्रतिरोधीे (डीआर)आवासगृहमा बसी उपचाररत बिरामीहरूलाई लक्षित गर्दै विराटनगर–७ स्थित सिलाइ कटाई तालिम सञ्चालन गरेको छ।
संस्थाका अनुसार “हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान, हाम्रो योगदान” भन्ने नारासहित सञ्चालन गरिएको उक्त तालिम २०८३ साल जेठ ७ गतेदेखि असार १५ गतेसम्म नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखा,विराटनगरमा सञ्चालन हुने जनाइएको छ। उक्त कार्यक्रममा विराटनगर महानगरपालिकाको सहयोग रहेको आयोजकले जनाएको छ। “तालिममा डीआर आवास गृहमा रहेका जसमा ३ महिला र ४ पुरुष सहभागी छन्।
आयोजकका अनुसार उपचारका क्रममा रहेका बिरामीहरूलाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। तालिमबाट सहभागीहरूले सिलाई–कटिङ सम्बन्धी व्यावहारिक ज्ञान हासिल गरी भविष्यमा स्वरोजगारतर्फ उन्मुख हुन सक्ने अपेक्षा गरिएको छ। तालिम पूरा गर्ने सहभागीलाई सिलाइ मेसिन, कपडा र आवश्यक सामग्री उपलब्ध गराइनेछ।
