०४ कार्तिक २०८३, मंगलबार

तराईमा ह्वात्तै बढ्यो गर्मीः विराटनगरको तापक्रम ३४ डिग्री पुग्ने अनुमान

Logo
Pulse Khabar सोमबार, जेठ ०४, २०८३

विराटनगर । जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार देशको तराई क्षेत्रमा गर्मी बढ्दो क्रममा रहेको छ ।सोमबार तराईका अधिकांश जिल्लामा ‘तातो दिन’ महसुस हुने विभागले जनाएको छ । पूर्वी तराईको प्रमुख सहर एवं कोशी प्रदेशको राजधानी विराटनगरमा पनि तापक्रम उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ ।

विभागका अनुसार विराटनगरमा सोमबार दिउँसो मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहे पनि अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियससम्म पुग्नेछ । रातिको समयमा भने मौसम आंशिक बदली रहने पूर्वानुमान छ ।न्यूनतम तापक्रम २४ देखि २६ डिग्री सेल्सियस रहनेछ ।देशभरमध्ये सबैभन्दा बढी गर्मी नेपालगन्जमा हुने अनुमान गरिएको छ।त्यहाँ अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने विभागले जनाएको छ । त्यस्तै दिपायल, धनगढी र भैरहवामा पनि तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ । यी क्षेत्रमा दिउँसो अत्यधिक गर्मी महसुस हुने बताइएको छ ।वीरेन्द्रनगर, घोराही, सिमरा र जनकपुरमा पनि तापक्रम ३४ देखि ३७ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । तराईका अधिकांश क्षेत्रमा रातिको समयमा मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ ।

पहाडी तथा हिमाली क्षेत्रमा भने वर्षाको सम्भावना देखिएको छ।पोखरा,धनकुटा र ताप्लेजुङमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। काठमाडौँ,ओखलढुंगा, जिरी र जोमसोममा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।विभागले अत्यधिक गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । विशेषगरी दिउँसोको समयमा अत्यधिक घाममा ननिस्किन, प्रशस्त पानी पिउन र बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206