०१ माघ २०८२, बिहिबार

कोशी लोकमार्गमा अविरल वर्षाका कारण सडक भासिए

Logo
Pulse Khabar शुक्रबार, कार्तिक १४, २०८२

धरान-धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका वडा नं. ६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा अविरल वर्षाका कारण सडक भासिएको छ। आज बिहान ११ बजेको समयमा करिब १० मिटर सडक भासिएपछि यातायात एकतर्फी अवरुद्ध भएको छ।

सडक भासिए पनि साना सवारी साधनहरू भने आवतजावत गरिरहेका छन्। घटनापश्चात् इलाका प्रहरी कार्यालय भेडेटार, धनकुटाबाट प्रहरी निरीक्षक महेश भट्टराईको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरी टोलीले बाटो खुलाउने प्रयास गरिरहेको धनकुटा प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206