०५ कार्तिक २०८३, बुधबार

विजयादशमीले सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न मद्दत पुर्याउने मुख्यमन्त्री कार्कीको विश्वास

Logo
Pulse Khabar बुधबार, कार्तिक ०५, २०८३

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमीले पारिवारिक आत्मियता र आपसी सम्मान अभिवृद्धि गरी सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

विजयादशमीका अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले असत्यमाथि सत्यको विजयको उत्सवका रुपमा लिइने आजको दिनले सत्यको मार्गमा आगाडि बढ्न प्रेरणा प्रदान गर्ने बताउनुभएको हो ।उहाँले विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध नेपाली समाजमा बडा दसैँजस्ता पर्वहरुले आपसी सद्भाव, सहिष्णुता, प्रेम र एकताको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

“हाम्रा मौलिक चाडपर्व केवल धार्मिक तथा सांस्कृतिक आस्थाका प्रतीक मात्र होइनन्, सामाजिक एकता, राष्ट्रिय पहिचान र साझा नेपालीपनका आधार पनि हुन् ।”, मुख्यमन्त्री कार्कीले भन्नुभएको छ, “यस्ता पर्वले समाजमा सकारात्मक सोच, आपसी सहयोग र सहकार्यको भावना जागृत गर्दै सुखी, समुन्नत र समृद्ध समाज निर्माणका लागि हामी सबैलाई प्रेरित गर्दछन् ।”

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206