१६ कार्तिक २०८३, आइतबार

सुरुङ खनेर कैदी फरार, खोजीमा जुट्यो प्रहरी: सूचना दिन सर्वसाधारणलाई आग्रह

Logo
Pulse Khabar आइतबार, कार्तिक १६, २०८३

डोल्पा:डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दी अझै पक्राउ परेका छैनन् ।

उनीहरूको खोजी तीव्र बनाएको प्रहरीले सर्वसाधारणसँग सहयोग माग्दै फरार व्यक्तिहरूको तस्बिर र विवरण सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय डोल्पाले आइतबार सूचना जारी गर्दै फरार व्यक्तिहरूलाई कतै देखेमा वा उनीहरूबारे जानकारी पाएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको हो ।प्रहरीले सूचना दिनका लागि १००, ०८७–५५००५६, ९८५८३९०५८६ र ९८५८३०५५५५ नम्बर सार्वजनिक गरेको छ । प्रहरीका अनुसार फरार हुनेमा डोल्पाका दुई, जाजरकोटका दुई, रुकुमपश्चिमका तीन र सल्यानका एक जना छन् ।

उनीहरूमध्ये ६ जना कैदी र दुई जना थुनुवा रहेका छन् ।जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता विनय सिंहले फरार व्यक्तिहरूको खोजी जारी रहेको बताए । उनका अनुसार खोजी कार्यलाई प्रभावकारी बनाउन उनीहरूको विवरण सार्वजनिक गरी सर्वसाधारणसँग समेत सहयोग मागिएको छ । गत शुक्रबार राति कारागारबाट सुरुङ खनेर उनीहरू फरार भएका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206