१६ कार्तिक २०८३, आइतबार

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

Logo
Pulse Khabar आइतबार, कार्तिक १६, २०८३

बनेपा (काभ्रे): मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित भएका छन् ।

जिल्ला सहकारी सङ्घ र पञ्चकन्या महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा शनिबार भएको शिविरमा आँखाका रोगीको उपचारका साथै दृष्टिसम्बन्धी समस्याबारे परामर्श दिइएको थियो । शिविरमा मोतिबिन्दु पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने भएको छ । रेयुकाई मासुनागा आँखा अस्पतालसँगको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । मोतिबिन्दुका बिरामीलाई सोही अस्पतालले निःशुल्क उपचार गर्ने जिल्ला सहकारी सङ्घका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले बताउनुभयो ।

यसैबीच, काभ्रेवासीको पोषण अवस्था सुधार गर्न स्थानीय तहबीच समन्वय र पोषणसम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गरेको तीनदिने पोषण कार्यक्रमको आज भएको समापन समारोहमा जिल्लाका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, पोषण सम्पर्क व्यक्ति, ‘ओटिसी’ केन्द्रका प्रतिनिधि तथा मेथिनकोट अस्पतालका प्रतिनिधिले स्वास्थ्य संस्थाबीचको समन्वय, विद्यालय पोषण कार्यक्रमको प्रभावकारितामा जोड दिएका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206