१६ कार्तिक २०८३, आइतबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १३ जना पक्राउ

Logo
Pulse Khabar आइतबार, कार्तिक १६, २०८३

काठमाडौं:नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ ।

अभियुक्तहरूबाट लागुऔषधका अतिरिक्त चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि, नगद रु २० हजार २०० र एउटा मोटरसाइकलसमेत बरामद भएको छ ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार शुक्रबार र शनिबार काठमाडौँका दुई स्थानबाट तीन, झापा र सुनसरीका एक–एक स्थानबाट दुई–दुई, पर्सा, लमजुङ र बर्दियाका एक–एक स्थानबाट एक–एक तथा कैलालीका दुई स्थानबाट तीन जनालाई पक्राउ गरिएको हो ।काठमाडौं महानगरपालिका–६ चुच्चेपाटीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ चार ग्राम २५० मिलिग्राम र नगद रु २० हजार २०० सहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ घर भएका ३९ वर्षीय छिरीङ शेर्पा पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–३२ जडिबुटीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ छ ग्राम ७४० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् । झापाको झापा गाउँपालिका–५ खयरबारीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ एक ग्राम ९५ मिलिग्रामसहित बाह्रदशी गाउँपालिका–२ का २४ वर्षीय खड्ग राजवंशी र सोही गाउँपालिका–१ का २५ वर्षीय चैतन हेमरम पक्राउ परेका छन् ।पर्साको वीरगञ्ज महानगरपालिका–१६ बसपार्कबाट नियन्त्रित लागुऔषध डाइजेपाम २७ एम्पुल, फेनारगन २९ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुलसहित धादिङको ज्वालामुखी गाउँपालिका–२ घर भएका २० वर्षीय निमा लामा शेर्पालाई पक्राउ गरिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित गोकुलेश्वर चौलानी होटलको कोठा तलासी गर्दा ब्राउनसुगरजस्तो देखिने पदार्थ १२७ मिलिग्रामसहित डोटीको जोरायल गाउँपालिका–२ का २५ वर्षीय अमरबहादुर कुँवर पक्राउ परेका छन् ।यसैगरी, भजनी नगरपालिका–३ कुसुमघाटबाट एक ग्राम ५० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् । उनीहरूमध्ये रोशन सार्कीले प्रयोग गरेको मोटरसाइकल पनि बरामद प्रहरीले नियन्त्रणमा लिएको छ ।लमजुङको बेँसीसहर नगरपालिका–१ देउरालीडाँडाबाट डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन १०/१० एम्पुलसहित बेँसीसहर नगरपालिका–८ भुलभुलेका ३० वर्षीय सुजन तामाङ पक्राउ परेका हुन् । सुनसरीको कोशी गाउँपालिका–१ लौकही केराबारीबाट दुई ग्राम १७० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुहबी नगरपालिका–३ का ३४ वर्षीय दीपक परियार र उदयपुरको बेलका नगरपालिका–३ का ३२ वर्षीय बलबहादुर थापा पक्राउ परेका हुन् ।बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णाली पुलबाट दुई ग्राम ७१० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित बाँकेको कोहलपुर नगरपालिका–९ का २१ वर्षीय सुशील परियार पक्राउ परेका हुन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206